काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका राष्ट्रिय समिति अध्यक्ष विष्णुप्रसाद भण्डारी शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको बोर्ड सदस्यमा निर्वाचित भएका छन् ।
विहिवार र शुक्रवार गरि दुई दिन काठमाडौंमा चलेको ९ औं साधारण सभाले भण्डारीलाई सदस्यमा निर्वाचित गरेको हो ।
सभाले राजेन्द्र पहाडीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति समेत निर्वाचित गरेको छ । समितिको खुला उपाध्यक्षमा शुभेन्द्रमान श्रेष्ठ, महिला उपाध्यक्षमा सान्त्वना देवकोटा केसी, महासचिवमा सुदर्शन सिग्देल, सचिवमा टेकराज अवस्थी, र कोषाध्यक्षमा जेनी राईलाई निर्वाचित गरेको छ ।
त्यस्तै, सदस्यहरुमा लक्ष्मी गौतम, दुर्गा गिरी, उषा देवी शाह, अजय कुमार शाह, डाल बहादुर विक, पार्वती तामांग, नजबुल खान, विष्णु प्रसाद भण्डारी, कृष्ण गोबिन्द महर्जन, मान बहादुर ऐर, साजित अलि सिद्धिकी र राम प्रवेश शाह निर्वाचित भएका छन् ।
समितिको कार्यकाल ३ वर्षको हुनेछ ।