नेपाल शिक्षक महासंघको महाधिवेशन तेस्रो पटक स्थगित, अर्को मिति पनि अनिश्चित

नेपाल शिक्षक महासंघको महाधिवेशन तेस्रो पटक स्थगित, अर्को मिति पनि अनिश्चित

२०७९, आश्विन ३ सोमवार

  • 1.4K
    SHARES

  • नेपाल शिक्षक महासंघको महाधिवेशन तेस्रो पटक स्थगित, अर्को मिति पनि अनिश्चित

    काठमाडौं । नेपाल शिक्षक महासंघको राष्ट्रिय महाधिवेशन पुनः स्थगित भएको छ । 

    आइतवार काठमाडौंमा सम्पन्न महासंघको दशौं केन्द्रीय समिति बैठकले असोज ४ - ५ गते हुने भनिएको महाधिवेशन पुनः स्थगित गर्ने निर्णय गरेको हो । यससँगै महाधिवेशनको मिति तेस्रो पटक पनि सरेको छ ।

    २०७८ मंसिर २५ -२७ मा हुन पर्ने महाधिवेशन पुनः २०७९ असार २५ - २७ को मितिका लागि सारिएको थियो । सो मितिमा समेत हुन नसकेको महाधिवेशन यहि असोज ४ -५ मा सम्पन्न गर्ने गरि कार्यतालिका नै सार्वजनिक गरिएको थियो ।

    नगर, जिल्ला र प्रदेशको मिति नै घोषणा गरेर अधिवेशन सम्पन्न गर्न भनिए पनि यसमा पनि आंशिक नगर र जिल्लामा मात्र अधिवेशन हुन सकेको छ भने अधिकांश नगर र जिल्ला महासंघ विहिन छन् । 

    महासंघमा आवद्ध घटक शिक्षक संस्थाहरुले समयमैं सदस्यहरुको सूची नबुझाएकाले हाललाई महाधिवेशन स्थगित गर्नु परेको महासंघ अध्यक्ष कमला तुलाधरले बताइन् । छिट्टै अर्को कार्यतालिका बनाएर नगर, जिल्ला हुँदै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरि निर्णय गरिने पनि तुलाधरले बताइन् ।

    महासंघमा भागलिन जनही ५० हजार भन्दा बढि खर्च गरेर हिमाली जिल्ला डोल्पा, हुम्ला, जुम्लाका अलावा पूर्व मेची देखि पश्चिम काली सम्मका पदाधिकारी तथा सदस्य बैठकमा उपस्थित भएका थिए । 

    शिक्षाका तमाम मुद्धालाई उठान गर्नुपर्ने शिक्षकहरुको आधिकारिक ट्रेड युनियनको रुपमा रहेको महासंघको महाधिवेशन नै नहुँनु भनेको विडम्वना रहेको सरोकारवालाको भनाई छ । 

    २०७९, आश्विन ३ सोमवार०९:०४:४३
    प्रतिक्रिया
    सम्बन्धित समाचार