पुर्वमहाप्रबन्धक गौतमको पहलमा छापिएको नेपाली संस्कृत शव्दकोशले जित्यो ५० हजार राशीको पुरस्कार 

पुर्वमहाप्रबन्धक गौतमको पहलमा छापिएको नेपाली संस्कृत शव्दकोशले जित्यो ५० हजार राशीको पुरस्कार 

२०७९, आश्विन ३ सोमवार

  • 2.8K
    SHARES

  • पुर्वमहाप्रबन्धक गौतमको पहलमा छापिएको नेपाली संस्कृत शव्दकोशले जित्यो ५० हजार राशीको पुरस्कार 

    काठमाडौं । साझा प्रकाशनका पुर्वमहाप्रबन्धक होम प्रसाद गौतमको पहलमा छापिएको नेपाली संस्कृत शव्दकोशले ५० हजार राशीको साझा पुरस्कार जितेको छ । 

    २०६५ सालमैँ प्राडा रमेशकुमार भट्टराई महाप्रबन्धक हुँदा संझौता गरेर छाप्न अगाडि बढाएको शब्दकोष नछापिँदा साहित्य जगतमा ठूलै बाधा व्यवधान परेको थियो । 

    तत्पश्चात आएका अन्य थुप्रै महाप्रबन्धकले शव्दकोश प्रकाशनमा ध्यान नदिए पनि गौतमले भने संस्थागत निर्णय गरेर छपाईको कार्य अगाडि बढाएका थिए । नेपाली साहित्य आकाशमा यो बहुमूल्य पाठ्यसामग्रीले योगदान स्वरुप पचास हजारको साझा पुरस्कार जितेकामा गौतमले खुशी व्यक्त गरेका छन् ।

    त्यसै गरि गौतमले पुरस्कार जित्ने अवस्थामा पुर्‍याउनु हुने लेखक तथा संकलक प्रा.डा निलमणी ढुङ्गाना वर्तमान र महाप्रवन्धक प्रल्हाद पोखरेललाई समेत बधाई तथा धन्यवाद व्यक्त गरेका छन् । ललितपुरको पुल्चोकमा रहेको साझा प्रकाशन गृहको दुरावस्थालाई चिर्दै गौतमले हेर्नलायक संस्थाको रुपमा परिणत गर्नेगरि आफ्ना कार्य गरेका थिए । 

    छोटो समयका लागि महाप्रवन्धक बनेका नेकपा एमालेका कुशल राजनीतिज्ञ गौतम साझाको इतिहासमै एक सरल, इमान्दार, जुझारु, आत्मविश्वासी, निडर साथै अव्वल प्रशासकको रुपमा समेत परिचित रहेका छन् । 

    नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकता भई १ वर्ष सँगसँगै हिँडेपछि कडा टिप्पणी सहितको २८ पृष्ठको सुझाव लेखेर हालको राजनीतिक अवस्था आउने ठोकुवा गरेका गौतम भविष्यवेत्ता नै मानिन्छन् । 

    झापा आन्दोलनसँगै राजनीतिमा पाइला राखेका गौतम झापा क्षेत्र नं ४ बाट प्रतिनिधिसभाका लागि सशक्त प्रत्यासी देखिएका छन् । एक युगमा एक दिन महत्वपूर्ण ठान्ने गौतम हरेक दिन, महिनालाई उर्जावान बनाउने ढंगबाट आजको प्राविधिक युगलाई आत्मसाथ गर्दै हिँड्नुपर्ने कुरामा जोड दिँदै आएका छन् ।

    हजरबुबा -आमा भन्दा छोरा-छोरी विज्ञ र छोरा-छोरी भन्दा नाति-नातिना अझ विज्ञ बन्दै गएको सत्य भए पनि फेसबुक र टिकटक चलाउन जान्नेलाई मात्र उमेदवार बनाउन खोज्नेप्रति भने गौतमले कटाक्ष गरेका छन् ।

    फेसबुक र टिकटकबाट उमेदवार खोज्ने हैन, उमेदवार जनतासँग सकारात्मक उर्जासहित विकासका योजना लिएर आएको छ की छैन ? कत्तिको सरल व्यक्ती आफ्नो शासक बन्दैछ सो कुरामा ध्यान दिनु पर्ने कुरामा गौतमले जोड दिएका छन् ।  

    २०७९, आश्विन ३ सोमवार१२:३३:२३
    प्रतिक्रिया
    सम्बन्धित समाचार