म्यान्माको विद्यालयमा हवाई आक्रमण, तेह्र जना मारिए

म्यान्माको विद्यालयमा हवाई आक्रमण, तेह्र जना मारिए

२०७९, आश्विन ५ बुधवार

  • 1.1K
    SHARES

  • म्यान्माको विद्यालयमा हवाई आक्रमण, तेह्र जना मारिए

    ब्याङकक। उत्तर–मध्य म्यान्मास्थित एक विद्यालय र गाउँमा सेनाले हेलिकप्टरबाट आक्रमण गर्दा सात जना बालबालिकासहित १३ जनाको मृत्यु भएको एक जना विद्यालय प्रशासक र अर्का एक जना सहायताकर्मीले बताएका छन् ।

    म्यान्मामा प्रजातन्त्र समर्थक विद्रोही र उनीहरूलाई सहयोग गर्नेहरूमाथि सैनिक सरकारले आक्रमण गर्दा निर्दोष सर्वसाधारण मारिने गरेका छन् । गत शुक्रबार सागिङ क्षेत्रको ताबायिनमा ती बालबालिका मारिएका हुन् । प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई अपदस्थ गरेर सेनाले सत्ता कब्जा गरेपछि भएको बालबालिकाको यो हताहती सबैभन्दा ठूलो हो ।

    सेनाले शासन कब्जा गरेपछि जनतस्तरमा देशव्यापीरूपमा अहिंसात्मक विरोध प्रारम्भ भएपछि सैनिक र प्रहरीले घातक कारबाही थाल्दा शहर र गाउँमा सशस्त्र प्रतिरोध जारी छ ।

    राष्ट्रसङ्घीय बालकोषको पछिल्लो प्रतिवेदनअनुसार सागिङमा सेनाले भीषण कारबाही गरेको छ जहाँ केयौँ गाउँ जलाइएका थिए । सैनिक कारबाहीका कारण त्यहाँबाट झण्डै पाँच लाख सर्वसाधारण विस्थापित भएका छन् ।एजेन्सी ।

     

    २०७९, आश्विन ५ बुधवार०८:५९:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार