फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियन समक्ष कोभिड–१९ खोपका लागि आवेदन

फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियन समक्ष कोभिड–१९ खोपका लागि आवेदन

२०७७, मंसिर १६ मंगलवार

  • 2.0K
    SHARES

  • फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियन समक्ष कोभिड–१९ खोपका लागि आवेदन

    मंसिर १६, बर्लिन ।

    जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्ने गरी युनियनको कार्यालयमा विधिवत दर्ता गरेको छ । 

    यदि युनियनले स्वीकृत गरेमा युरोपेली मुलुकमा यसै वर्षको अन्त्यअघि नै खोप उपलब्ध गराउने कम्पनीले जनाएको छ । दुबै कम्पनीका तर्फबाट जारी संयुक्त विज्ञप्तिमा सोमबार युरोपेली मेडिसिन एजेन्सी (इएमए) मा औपचारिक निवेदन दिइएको उल्लेख छ । 

    गएको नोभेम्बर महिनामा फाइजर र बायोएनटेकले आफूले विकास गरेको कोभिड–१९ विरुद्धको खोप ९५ प्रतिशत सफल र प्रभावकारी रहेको जनाएका थिए । कम्पनीले अमेरिकामा पनि खोप वितरण गर्नेगरी अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) समक्ष निवेदन दिइरहेको छ । 

    युरोपेली नियामक निकायले फाइजरले पेश गरेको विवरणको मूल्याँकन गरी खोप लगाउन उपयुक्त रहे नरहेको विश्लेषण गरी स्वीकृति दिइने जनाएको छ ।

    फाइजर र बायोएनटेकले अस्ट्रेलिया, क्यानाडा र जापान समेतका मुलुकहरुका नियामक निकायमा पनि आवेदन दिइने जनाएको छ ।- एजेन्सी ।

    २०७७, मंसिर १६ मंगलवार०९:११:१२
    प्रतिक्रिया
    सम्बन्धित समाचार