मेक्सिकोमा शक्तिशाली भूकम्प

मेक्सिकोमा शक्तिशाली भूकम्प

२०७९, आश्विन ६ बिहिवार

  • 797
    SHARES

  • मेक्सिकोमा शक्तिशाली भूकम्प

    मेक्सिको सिटी । मेक्सिकोमा बिहीबार शक्तिशाली भूकम्प आएको छ । 

    ६.९ म्याग्निच्युड मापन गरिएको यस भूकम्पको केन्द्रबिन्दु पश्चिमी राज्य मिचोआकानको कोलकोमानबाट ८४ किलोमिटर दक्षिणमा प्रशान्त महासागरको तटनजिक रहेको राष्ट्रिय भूकम्प विज्ञान निकायले जनाएको छ । 

    अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस)ले ६.८ म्याग्निच्युड अनुमान गरेको छ । 

    मिचोआकानमा सोमबार ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।  मेक्सिको सिटीमा सयौँ किलोमिटर टाढा हजारौँ भवनमा क्षति पुर्‍याएको थियो । यस भूकम्प आतङ्क फैलाएको थियो ।  

    स्थानीय समयानुसार बिहीबार बिहान १ः१६ प्रारम्भिक चेतावनी अलार्म बजेपछि मानिसहरूले आफ्नो घरहरू खाली गर्न थालेका थिए । 

    मेक्सिको सिटीका मेयर क्लाउडिया सेनबाउमले आधिकारिक हेलिकप्टरहरू सहरमा उडेको र कुनै पनि क्षतिको प्रारम्भिक रिपोर्ट नरहेको बताएका छन्  । भूकम्पपछि सहरमा अहिलेसम्म कुनै क्षति भएको छैन,’ उनले ट्विट गरेका छन् ।

    राष्ट्रिय भूकम्प विज्ञान एजेन्सीकाअनुसार भूकम्प १२ किलोमिटर गहिराइमा परेको थियो, यद्यपि युएसजीएसले मेक्सिको सिटीबाट ४१० किलोमिटर टाढा रहेको २४ किलोमिटर गहिराइ रहेको अनुमान गरेको छ ।

    सन् १९८५ र २०१७ मा गएको दुईवटा घातक भूकम्पको वार्षिकोत्सवमा मेक्सिको सिटीमा लाखौँ मानिसले आपत्कालीन अभ्यासमा भाग लिएको एक घण्टाभन्दा कम समयमै सोमबारको भूकम्प आएको थियो ।

    सन् १९८५ सेप्टेम्बर १९ मा आएको ८.१ म्याग्निच्युडको भूकम्पले दश हजारभन्दा बढी मानिसको ज्यान गएको थियो र सयौँ भवनहरू ध्वस्त भएको थियो  ।  

    सन् २०१७ मा ७.१ म्याग्निच्युडको भूकम्पमा परी करिब तीन सय ७० व्यक्तिको मृत्यु भएको थियो । सो भूकम्पमा परी मारिएका व्यक्तिहरू प्राय राजधानी शहरका रहेका थिए ।एजेन्सी ।

    २०७९, आश्विन ६ बिहिवार०३:०८:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार