२०१७ पछि भारतिय भूमिमा अस्ट्रेलियाको हार 

२०१७ पछि भारतिय भूमिमा अस्ट्रेलियाको हार 

२०७९, आश्विन ८ शनिवार

  • 1.1K
    SHARES

  • २०१७ पछि भारतिय भूमिमा अस्ट्रेलियाको हार 

    नयाँ दिल्ली । कप्तान रोहित शर्माले विष्फोटक ब्याटिङ गरेपछि भारतले अस्ट्रेलियाविरुद्को तीन खेलको टी-२० सिरिजलाई १-१ को अवस्थामा ल्याएको छ।

    शुक्रबार भिजेको आउटफिल्डका कारण दुई घण्टा ढिला सुरु भएको खेल ८-८ ओभरमा घटाइएको थियो।

    पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ८ ओभरमा ५ विकेट गुमाएर ९० रन बनाएको थियो। ९१ रनको लक्ष्य पछ्याएको भारतले ७.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्दै ६ विकेटको जित निकाल्यो।

    टस हारेर पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डका लागि म्याथु वेडले २० बलमा ४३ रनको इनिङ खेलेका थिए। त्यस्तै, कप्तान एरोन फिन्चले ३१ रन बनाउँदा अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन। भारतका लागि अक्ष्यर पटेलले २ विकेट लिँदा जसप्रित बुमराहले १ विकेट हात पारेका थिए।

    ९१ रनको लक्ष्य पछ्याएको भारतका लागि कप्तान रोहित शर्माले २० बलमा ४६ रनको अविजित इनिङ खेल्दा दिनेश कार्थिकले २ बलमा १० रनको अविजित साथ दिए।

    त्यस्तै, उसका लागि केएल राहुलको १० र विराट कोहलीको ११ रन दोहोरो स्कोरका रुपमा रह्यो।

    भारतीय भूमिमा अस्ट्रेलिया २०१७ पछि पहिलो पटक पराजित भएको हो। यसअघि पहिलो खेलमा अस्ट्रेलिया विजयी भएको थियो। यी दुईबीचको अन्तिम तथा निर्णायक टी-२० आइतबार हैदराबादमा हुने छ। -एजेन्सी । 

    २०७९, आश्विन ८ शनिवार०८:०३:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार