मेक्सिकोमा सशस्त्र समूहको हमलामा १० जनाको मृत्यु

मेक्सिकोमा सशस्त्र समूहको हमलामा १० जनाको मृत्यु

२०७९, आश्विन ८ शनिवार

  • 985
    SHARES

  • मेक्सिकोमा सशस्त्र समूहको हमलामा १० जनाको मृत्यु

    न्युयोर्क । मेक्सिकोको एक औद्योगिक क्षेत्रको पोखरी हलमा सशस्त्र आक्रमणकारीहरूले १० जना मानिसको  हत्या गरेका छन् । गुआनाजुआटो राज्यको तारिमोरो नगरपालिकामा उक्त नरसंहार भएको क्षेत्रीय अभियोजकको कार्यालयले जनाएको छ । घटनास्थलमा नौ पुरुषको शव फेला परेको र अर्का एक जनाको अस्पतालमा मृत्यु भएको बताइएको छ ।

    गुआनाजुआटोका गभर्नर डिएगो सिन्ह्यु रोड्रिग्वेजले उक्त घटनलाई  ‘कायरपूर्ण आक्रमण’ भनेका छन् र व्यवस्था पुर्नस्थापित गर्ने वाचा गरेका छन् । सान्ता रोजा डे लिमा र जालिस्को न्यू जेनेरेसन कार्टेल नामक दुई समूहबीचको  विवादका कारण गुआनाजुआटो मेक्सिकोको सबैभन्दा हिंसात्मक राज्य बनेको छ । जसले लागुऔषधको तस्करी र इन्धन चोरीको नियन्त्रण गर्ने क्रममा हिंसा बढेको छ ।

    सन् २००६ को डिसेम्बरदेखि सरकारले एक विवादास्पद सैन्य कारबाही एंटी ड्रग अपरेसन सुरु गरेको छ । त्यस यता ३ लाख ४० हजार जनाको हत्या भएको तथ्यांक छ । -एजेन्सी

    २०७९, आश्विन ८ शनिवार०८:५३:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार