नेपालले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने

नेपालले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने

२०७९, आश्विन ९ आइतवार

  • 1.0K
    SHARES

  • नेपालले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले मङ्गलवार दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।

    घरेलु मैदान दशरथ रङ्गशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

    बंगलादेशविरुद्धको खेलका लागि नेपालले अन्तिम तयारी गरिरहेको छ । नेपाल घरेलु मैदानमा बङ्गलादेशलाई हराएर समर्थकलाई दशैंको उपहार दिन चाहन्छ ।

    नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले बंगलादेशविरुद्ध जित निकाल्दै दशैंको बेला फुटबल समर्थकलाई खुशी पार्ने योजना रहेको बताए ।

    मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशी टोली नेपाल आइसकेको छ । कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेर बङ्गलादेशी टोली नेपाल आएको हो । कम्बोडियासँगको खेलमा बङ्गलादेश १–० ले विजयी भएको थियो ।

    बंगलादेशविरुद्धको खेलका लागि हुमागाईँले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

    २०७९, आश्विन ९ आइतवार०५:४८:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार