आज देशका विभिन्न प्रदेशमा हल्का वर्षा हुने 

आज देशका विभिन्न प्रदेशमा हल्का वर्षा हुने 

२०७९, आश्विन १० सोमवार

  • 941
    SHARES

  • आज देशका विभिन्न प्रदेशमा हल्का वर्षा हुने 

    काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ।

    प्रदेश १ का थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

    आज (सोमबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राति प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ।

    प्रदेश १ र मधेस प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

     

    २०७९, आश्विन १० सोमवार०७:५६:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार