फिलिपिन्समा ‘नोरु’ आँधीबाट छको मृत्यु

फिलिपिन्समा ‘नोरु’ आँधीबाट छको मृत्यु

२०७९, आश्विन १० सोमवार

  • 893
    SHARES

  • फिलिपिन्समा ‘नोरु’ आँधीबाट छको मृत्यु

    काठमाडौँ । फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरुले सोमबार बताएका छन् । फिलिपिन्सको लुजोन टापुमा आइतबार दिउँसोदेखि भारी वर्षा र हावाहुरीसहित आएको सुपर टाइफुन ‘नोरु’ले सताएको छ । 

    टाइफुन नोरुले रुखहरू, बिजुलीको खम्बा ढालेको र बाढीले पनि सताएको जनाइएको छ । राजधानी मनिलानजिकै रहेको बुलाकान प्रान्तको सान मिगुएल नगरपालिकामा बाढीपीडित बासिन्दाहरूलाई मद्दत गर्न पठाइएका पाँच उद्धारकर्ताको मृत्यु भएको प्रान्तका गभर्नर ड्यानियल फर्नान्डोले बताएका छन् । 

    उनीलाई प्रान्तीय सरकारले बाढीग्रस्त क्षेत्रमा तैनाथ गरेको सान मिगुएलका प्रहरी प्रमुख लेफ्टिनेन्ट कर्नल रोमुआल्डो एन्ड्रेसले बताएका छन्  । सोमबार फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले आँधीबाट प्रभावित मनिलाको उत्तरमा तीन प्रान्तको हवाई निरीक्षण गरेका छन् । उनले क्षतिको जाँच गर्नको लागि नोरुले आइतबार दिउँसो ल्यान्डफल गरेको क्विजोन प्रान्तको पनि भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

    नोरु यस वर्ष फिलिपिन्समा प्रवेश गर्ने ११ औँ र सबैभन्दा शक्तिशाली आँधी हो ।एजेन्सी ।

    २०७९, आश्विन १० सोमवार०३:५६:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार