बंगलादेशमा तीर्थयात्री बोकेको डुंगा पल्टिँदा ३३ जनाको मृत्यु

बंगलादेशमा तीर्थयात्री बोकेको डुंगा पल्टिँदा ३३ जनाको मृत्यु

२०७९, आश्विन ११ मंगलवार

  • 821
    SHARES

  • बंगलादेशमा तीर्थयात्री बोकेको डुंगा पल्टिँदा ३३ जनाको मृत्यु

    ढाका । बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

    दुर्घटनामा अझै केही वेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ । खचाखच तीर्थयात्रीले भरिएको उक्त डुंगा बोडा सहर नजिकै कारोटोआ नदीको बीचमा जहाज अचानक डुबेको थियो ।

    अग्निनियन्त्रकहरू र गोताखोरहरूले थप शवहरूको खोजी गरिरहेका प्रहरीले जनाएको छ ।

    डुंगामा झन्डै १०० जना यात्रु रहेको प्राप्त विवरणहरुमा जनाइएको छ । क्षमताभन्दा बढी यात्रुका कारण डुंगा दुर्घटनामा परेको प्रहीको प्रारम्भिक अनुमान छ ।

    दुर्घटनाबारे अनुसन्धान भइरहेको छ । -एजेन्सी । 

    २०७९, आश्विन ११ मंगलवार०७:४२:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार