अञ्जन विष्टको ह्याट्रिकमा बंगलादेशमाथि नेपालको शानदार जित

अञ्जन विष्टको ह्याट्रिकमा बंगलादेशमाथि नेपालको शानदार जित

२०७९, आश्विन ११ मंगलवार

  • 1.2K
    SHARES

  • अञ्जन विष्टको ह्याट्रिकमा बंगलादेशमाथि नेपालको शानदार जित

    काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ।

    राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मंगलबार साँझ भएको खेलमा नेपालले पाहुना टोली बंगलादेशलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।

    खेलको १८ औँ मिनेटमा गोल गर्दै अञ्जन विष्टले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए।

    यस्तै खेलको २७ औँ मिनेटमा अञ्जनले दोस्रो गोल गरेका थिए भने खेलको ३८ औँ मिनेट तेस्रो गोल गरेका थिए। यससँगै उनले ह्याट्रिक पूरा गरे।

    पहिलो हाफसम्म नेपालले ३–० गोलको अग्रता बनाएको थियो। तर, खेलको ५७ मिनेटमा बंगलादेशले एक गोल फर्कायो। बंगलादेशका लागि साजाद हुसेनले गोल गरेका थिए।

    बंगलादेशविरुद्धको ह्याट्रिकसँगै अञ्जन नेपालका लागि ह्याट्रिक गर्ने छैटौँ खेलाडी बनेका छन्। यसअघि नेपाली राष्ट्रिय फुटबल टोलीबाट गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक पूरा गरेका थिए।

    २०७९, आश्विन ११ मंगलवार०७:४५:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार