काठमाडौं । नेपाली कांग्रेसको डा। शेखर कोइराला समूहले पार्टी कार्यालयमा आज धर्ना दिंदैछ ।
अघिल्लो हप्ता बसेको शेखर समूहको बैठकले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका लागि भन्दै पार्टी कार्यालयमा धर्ना दिने निर्णय गरेको थियो ।
शेखर समूहले बनाएको खबरदारी अभियानले आयोजना गरेको धर्ना कार्यक्रम दिउँसो १ बजे सुरु हुनेछ । एक घण्टासम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिइने अभियानले जनाएको छ ।
१४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने समूहको तयारी छ । यसैविच प्रवक्ता डा प्रकाश शरण महतले समूहका गतिविधि पार्टीको नोटिसमा रहेको र कारवाहिका लागि चेतावनी समेत दिएका छन् ।