नेकपा एमालेको सचिवालयको बैठक जारी 

नेकपा एमालेको सचिवालयको बैठक जारी 

२०७९, आश्विन १३ बिहिवार

  • 1.0K
    SHARES

  • नेकपा एमालेको सचिवालयको बैठक जारी 

    काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी बैठकमा निर्वाचनको तयारी तथा उम्मेदवार चयनका विषयमा छलफल हुने एमाले नेता सुवाष नेम्वाङले जानकारी दिए । 

    बैठकले समानुपातिक बन्द सूचीमा रहेको उम्मेदवारको नाम सच्याउने तथा प्रत्यक्षतर्फको उम्मेदवार, आगामी निर्वाचनका लागि तयार गरिएको घोषणापत्रको अन्तिम टुङ्गो लगाउने नेता नेम्वाङले बताए । 

    १६ असोजभित्र समानुपातिकको बन्दसूची सच्याउन दलहरूलाई निर्वाचन आयोगले समय दिएको छ भने २३ असोजमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्ने आयोगको कार्यतालिका छ ।

    २०७९, आश्विन १३ बिहिवार०४:३२:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार