काठमाडौँ । हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेस प्रदेश र बागमती प्रदेशलगायत देशको अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
गण्डकी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज (शुक्रबार)दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।