दमक । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज मंगलबार झापामा चियापान कार्यक्रमको आयोजना गरेका छन् ।
झापाको बिर्तामोडमा आयोजना गरिएको चियापान तथा दसैं शुभकामना आदानप्रदान कार्यक्रमका लागि ओली सोमबार नै झापा आइपुगिसकेका छन् ।
ओलीले नियमित रुपमा दसैंको महानवमीका दिन उनकोसमेत गृहजिल्ला झापामा दसैंर तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएका छन् ।