उत्तर कोरियाद्धारा जापान तर्फ ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियाद्धारा जापान तर्फ ब्यालेस्टिक मिसाइल प्रहार

२०७९, आश्विन १८ मंगलवार

  • 1.2K
    SHARES

  • उत्तर कोरियाद्धारा जापान तर्फ ब्यालेस्टिक मिसाइल प्रहार

    उत्तर कोरियाले मध्यमस्तरको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। जापानको उत्तरी क्षेत्रतर्फ उत्तर कोरियाले प्रहार गरेको मिसाइल मध्यमस्तरको ब्यालेस्टिक मिसाइल रहेको अनुमान जापानका अधिकारीले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    मिसाइलका कारण जापानी अधिकारीले आइल्याण्ड अफ होकाइदोका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका थिए ।

    यस्तै अस्थायी रुपमा सो क्षेत्रमा रेल सेवा पनि बन्द गरिएको छ । उत्तर कोरियाले सन् २०१७ यता पहिलोपटक जापनको आकासमाथि मिसाइल प्रहार गरेको हो ।

    संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल तथा परमाणु हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । तर उसले मिसाइल र परमाणु परीक्षण रोकेको छैन ।

    जापानका प्रधानमन्त्री फुमिओ किशिदाले ब्यालेस्टिक मिसाइल परीक्षणको आलोचना गरेका छन् । जापान सरकारले अवस्थाबारे छलफल गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक पनि बोलाएको छ ।

    उत्तर कोरियाले प्रहार गरेको मिसाइल प्यासिफक ओसनमा जापानबाट तीन हजार किलोमिटर पर खसेको सरकारी अधिकारीले बताएका छन् । मिसाइलका कारण कोही घाइते भएको जानकारी नआएको उल्लेख छ । -एजेन्सी । 

    २०७९, आश्विन १८ मंगलवार०८:१०:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार