प्रतिस्पर्धा स्वस्थ नभए लोकतान्त्रिक राजनीति हुँदैन : ओली  

प्रतिस्पर्धा स्वस्थ नभए लोकतान्त्रिक राजनीति हुँदैन : ओली  

२०७९, आश्विन १९ बुधवार

  • 1.3K
    SHARES

  • प्रतिस्पर्धा स्वस्थ नभए लोकतान्त्रिक राजनीति हुँदैन : ओली  

    काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । 

    बडादसैँ, नेपाल संवत्, तिहार, छठलगायत चाडपर्वका अवसरमा मङ्गलवार गृहजिल्ला झापाको बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले अस्वस्थ प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यास नहुने बताएका छन् ।

    उनले दलहरुबीच राष्ट्रिय एकता र बहुदलीय प्रतिस्पर्धाको गरिमा कायम राख्ने विषयमा एकता हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

    ओलीले शुभकामना मन्तव्यका क्रममा दसैँको सांस्कृतिक, सामाजिक र पौराणिक महत्त्वका विषयमा चर्चा गर्दै मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, नारी शक्तिको उपासना गर्ने र असत्यलाई पराजित गर्ने सन्देश दिने चाड अरू मुलुकमा नभएको बताए ।

    २०७९, आश्विन १९ बुधवार०६:३४:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार