एएफसी यू-१७ एसियाकप छनोटमा थाइल्याण्डसँग भिड्दै नेपाल

एएफसी यू-१७ एसियाकप छनोटमा थाइल्याण्डसँग भिड्दै नेपाल

२०७९, आश्विन १९ बुधवार

  • 1.0K
    SHARES

  • एएफसी यू-१७ एसियाकप छनोटमा थाइल्याण्डसँग भिड्दै नेपाल

    एएफसी यू-१७ एसियन कप छनोटका लागि भियतनाममा रहेको नेपाली किशोर टोलीले बुधबार थाइल्याण्डको सामना गर्दै छ।

    भियतनामको फुथो स्थित भियत त्रि स्टेडियममा नेपालले समूहको बलियो प्रतिद्धन्दी थाइल्याण्ड विरुद्ध दिउँसो २:४५ मा प्रतिस्पर्धा गर्ने छ।

    नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले थाइल्याण्डविरुद्ध जित निकाल्दै प्रतियोगितामा छनोटको दाबेदारी बलियो बनाउने लक्ष्यमा नेपाल मैदान उत्रिने बताए। उनले भने ‘यो समूहमा सबै टिम समान स्तरका छन्।

    त्यसैले हामी सतप्रतिशत जितको प्रयासमा मैदान उत्रिने छौं।’ त्यस्तै थाइल्याण्का मुख्य प्रशिक्षक पिपोब अनमोले समूहका सबै टिम बलिया रहेको भन्दै उनीहरुको सामना गर्न आफूहरु पूर्णरुपमा तयार रहेको बताए।

    ‘हाम्रो तयारी राम्रो छ। नेपालको सामना गर्न हामी तयार छौँ। नेपाल सजिलो विपक्षी होइन। नेपाली खेलाडीहरु प्राविधिक रुपमा कुशल छन्,’ अनमोले भने।

    छनोट अन्तर्गत नेपालले शुक्रबार आयोजक भियतनाम र आइतबार चाइनिज ताइपेसँग खेल्नेछ।समूह ‘एफ’ मा नेपाल सहित, थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपे रहेका छन्। छनोटको समूह विजेता एसियन कपमा छनोट हुने छ। यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियाकप खेल्ने छन्। -एजेन्सी । 

    २०७९, आश्विन १९ बुधवार१०:०७:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार