कहिले रोकिएला पानी पर्न ?

कहिले रोकिएला पानी पर्न ?

२०७९, आश्विन २० बिहिवार

  • 741
    SHARES

  • कहिले रोकिएला पानी पर्न  ?

    काठमाडौँ । लगातार पानी पार्ने मौसमी गतिविधि सक्रिय रहेकाले मौसम सुधार हुन अझै केही दिन लाग्ने भएको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी, मध्य, तराई र गण्डकी प्रदेशका क्षेत्रमा शुक्रबारदेखि मौसम केही सुधार हुन थाल्ने छ ।

    तर कर्णाली तथा सुदूरपश्चिमसहितका क्षेत्रमा मौसम केही सुधार हुनका लागि आइतबारसम्म पर्खिनु पर्ने विभागले जनाएको छ । 

    दक्षिण पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपासमा बसेको न्यून चापीय क्षेत्रको प्रभावका कारण पानी पार्ने बादल नेपाल प्रवेश गर्दा विगत दुई दिनदेखि झरी परिरहेको हो ।

    प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा शुक्रबारदेखि मौसम केही सुधार हुने तर पूर्ण रुपमा सुधार भएर वर्षा रोकिन केही दिन लाग्ने मौसमविदले बताएका हुन् ।

    यस्तै कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा भने शनिबारसम्म नै बदली तथा वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना छ । ती क्षेत्रमा मौसम सुधार हुनका लागि आइतबारसम्म नै पर्खिनु पर्ने मौसमविद बासीले बताइन् । आइतबारदेखि ती क्षेत्रमा मौसम केही सुधार हुन सक्ने छ ।

    हालको मौसमी प्रणाली बाहिरिएपछि मात्रै मनसुन कति समय रहन्छ वा कहिले बाहिरिन्छ भन्नेबारे बताउन सकिने महाशाखाले जनाएको छ । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । तर बाहिरिनु पर्ने बेलामा मनसुन सक्रिय हुँदा भित्र्याउने बेला भएको तथा बाल लाग्दै गरेको धान बालीमा क्षति पुग्ने भएको छ ।

    पानी लगातार परिरहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

    २०७९, आश्विन २० बिहिवार०९:५४:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार