कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापन नगर्ने

कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापन नगर्ने

२०७९, आश्विन २१ शुक्रवार

  • 957
    SHARES

  • कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापन नगर्ने

    काठमाडौं । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन नेपाली कांग्रेसले गदैआएको चियापान यसपटक नगर्ने जनाएको छ ।

    कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गदैमंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि कोजाग्रत पूर्णिमाकै दिन,असोज २३ गते नै पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत उम्मेदवारहरुले उम्मेदवारी मनोनयन गर्नु पर्ने भएको कारण यस वर्ष कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने जानकारी गराएका छन् । 

    २०३३ सालमा बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गरी शुभकामना आदान–प्रदान गर्दै आएको छ ।

    २०७९, आश्विन २१ शुक्रवार०२:२२:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार