अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी

अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी

२०७९, आश्विन २२ शनिवार

  • 817
    SHARES

  • अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी

    रामेछाप । रामेछाप नगरपालिकास्थित सुकाजोरका  किसानले अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी गर्ने गरेका छन् । रामेछाप–७ मा अकबरे खुर्सानीको अचार उद्योग नै सञ्चालन गरी त्यहाँका कृषकहरूले मनग्य आम्दानी गर्ने गरेका हुन् । 

    सुरुमा आफूले घरायसी प्रयोग गर्ने गरी उत्पादन सुरु गरेको भए पनि पछि गएर त्यसलाई व्यावसायिक रुपमा अचार उद्योग सुरु गरेको कृषक चुडाबहादुर कार्की  बताए  ।  

    उनले आफ्नो पाँच रोपनी जग्गामा दुई हजार अकबरे खुर्सानीको खेती गरेर अचार उद्योग सञ्चालन गरेका हुन् । उनले अकबरेका अलावा निबुवा, कागती, करेला, मूला, अमलालगायत विभिन्न प्रकारका कच्चापदार्थहरू जम्मा गरी अचार बनाएर बिक्री गर्ने गरेको जानकारी दिए । 

    उनले अचार बेचेर नै वार्षिक १५ लाखसम्म आम्दानी गरेका छन् । । गाउँमा सामूहिक रुपमा पनि अकबरे खुर्सानी खेती गरिएको छ । यो खुर्सानीले बेफाइदा नगर्ने भएकाले पनि गाउँका अधिकांश कृषकहरू यस खेतीतर्फ लागेका छन्, कम मेहनत र खर्चमा यो खुर्सानी उत्पादन हुने र उत्पादन भएको खुर्सानी गाउँमै खपत हुने भएपछि स्थानीयहरूको यस खेतीप्रति आकर्षण बढेको हो । अकबरे खुर्सानीको अचार को मुख्य बजार रामेछापको सदरमुकाम मन्थली, सिन्धुलीको खुर्कोट र काठमाडाँै भएको पनि कार्की बताउँछन् ।    

    उनले भने, “अहिले  गाउँमा खुलेको  अचार उद्योगले गाउँमा उत्पादन भएका जम्मै खुर्सानी खरिद गरिदिन थालेपछि  गाउँले हरू अधिकांशले यसको खेती गरिरहेका छन् । आफ्नो उमेर ढल्कँदै गएको र यस पेसालाई निरन्तरता दिइयोस् भनेर गाउँका अरू कृषकहरूलाई पनि यो सीप सिकाउने गरेको छु ।” 

    उमेरले ६५ लागेका कार्कीको सीप र जाँगरमा कुनै कमी देखिँदैन । कहिले कोभिड र कहिले डेङ्गुको महामारीले गर्दा व्यवसायमा कमी आउने गरेको भए पनि उनी उत्साहित भएर आफ्नो कर्ममा लागिरहेका छन् । 

    नौ वटा वडा रहेको  नगरपालिकामा बढी जसो खुर्सानी, अदुवा र जुनार उत्पादन हुने हुनाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा नगरपालिकाले यसलाई जुनार जोनका रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । 

    २०७९, आश्विन २२ शनिवार०५:३७:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार