सभामुखले छाडे सरकारी निवास

सभामुखले छाडे सरकारी निवास

२०७९, आश्विन २२ शनिवार

  • 805
    SHARES

  • सभामुखले छाडे सरकारी निवास

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छोडेका छन् । 

    आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मनोनयनको अघिल्लो दिन सभामुख सापकोटाले सरकारी निवास छोडेका हुन् ।

    सभामुख सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्किएका उनको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।  

    सभामुख सापकोटाले आजै मात्र सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका थिए।

    २०७९, आश्विन २२ शनिवार०७:०८:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार