रुकुम पश्चिमबाट जनार्दन शर्माको उम्मेदवारी दर्ता

रुकुम पश्चिमबाट जनार्दन शर्माको उम्मेदवारी दर्ता

२०७९, आश्विन २३ आइतवार

  • 813
    SHARES

  • रुकुम पश्चिमबाट जनार्दन शर्माको उम्मेदवारी दर्ता

    मुसीकोट । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

    आज अपराह्न खलङ्गामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका हुन् । 

    विसं २०६४ देखि रुकुमबाट चुनाव लड्दै आएका शर्माले यो पटक पनि रुकुम पश्चिमबाटै उम्मेदवारी दिएका हुन् ।

    त्यस्तै प्रदेशसभा क्षेत्र नं ‘क’ बाट महेन्द्र केसी र प्रदेशसभा क्षेत्र नं ‘ख’ बाट राजकुमार शर्माले उम्मेदवारी दिएका छन् । अन्य राजनीतिक दलहरूले पनि उम्मेदवारी दिँदै छन् । 

    २०७९, आश्विन २३ आइतवार०२:५१:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार