केन्द्रीय सदस्य श्रेष्ठको नेतृत्वमा काठमाडौं -१ निर्वाचन परिचालन कमिटी गठन

केन्द्रीय सदस्य श्रेष्ठको नेतृत्वमा काठमाडौं -१ निर्वाचन परिचालन कमिटी गठन

२०७९, आश्विन २४ सोमवार

  • 1.6K
    SHARES

  • केन्द्रीय सदस्य श्रेष्ठको नेतृत्वमा काठमाडौं -१ निर्वाचन परिचालन कमिटी गठन

    काठमाडौं । नेकपा एमाले काठमाडौं क्षेत्र नं -१ ले १६ सय ७५ सदस्यीय काठमाडौं -१ निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

    सोमवार काठमाडौंको वानेश्वरमा सम्पन्न निर्वाचन परिचालन भेलाले केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज रुप नारायण श्रेष्ठको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको हो । 

    त्यस्तै सहसंयोजकमा ओम प्रसाद उप्रेती र सचिवमा हिरा थापा मगर रहेका छन् । भेलाले ३४ सदस्यीय सचिवालय समेत गठन गरेको क्षेत्रीय समन्वय कमिटीका संयोजक धन बहादुर अछामीले बताए । 

    dc.jpg

    भेलाले मित्रलाल थोकरको संयोजकत्वमा ७४७ सदस्यीय प्रदेश -१ 'क' कमिटी गठन गठन गरेको छ भने सहसंयोजकमा शेर बहादुर सुव्वा र सचिव अरुण बस्नेत रहेका छन् । 

    त्यसै गरि, प्रदेश 'ख' मा क्षेत्रीय समन्वय कमिटी संयोजक धन बहादुर अछामीले नेतृत्व गर्ने भएका छन् । सह-संयोजक उज्जन कुमार श्रेष्ठ र सचिव चित्र बानियाँ रहेको कमिटीमा ९२७ जना पार्टीका अगुवा नेता कार्यकर्ता रहने छन् ।

    पार्टीका अग्रज नेतालाई समेटेर भेलाले सल्लाहकार समिति पनि निर्माण गरेको छ । सो समितिलाई पार्टी केन्द्रीय सदस्य शर्मिला कार्कीले नेतृत्व गर्ने भएकी छन् । सदस्यहरुमा विदुर मैनाली, श्यामलाल तण्डुकार, विष्णु भुसाल, नारायण भण्डारी, केशव घिमिरे, विध्या न्यौपाने, मोहन रेग्मी, केदार कोईराला, केदार प्रसाद कोइराला, रक्षा रैका मगर, तेज बहादुर ढकाल, बिमला खनाल लगाएत रहेका छन् । 

    uml1.jpg

    युवा एवं विद्यार्थीको संयोजन युवा संघ लेखाआयोग अध्यक्ष प्रकाश गौतमले गर्ने संयोजक अछामीले बताए । त्यस्तै जनवर्गिय संगठन समन्वयको जिम्मेवारी खेलकुद महासंघ सचिवालय सदस्य तथा काठमाडौं इन्चार्ज केशव ओलीले पाएका छन् । प्रदेश कमिटीले आवश्यक बमोजिम कमिटी बनाएर निर्वाचन परिचालन गर्ने पनि उनले बताएका छन् । 

    कम्युनिष्ट नेताले संसारभर चिनाएको क्षेत्रबाट नै १५ - १५ वर्ष सम्म आफ्नो केन्द्रीय सांसद नपाउँदा सार्है पिडा भएको तर त्यो पिडालाई यसपटक जनताको न्यानो माया प्राप्त गर्दै जित निकाल्नेमा आफु विश्वस्त रहेको अछामीले बताए ।

    प्रदेश 'ख' मा निवर्तमान सांसद गणेश दुलालका विकासका काम देखेर दुइवटै प्रदेश सहित संघमा पनि विजयी भएरै छाड्ने र विजय प्राप्त गर्न सम्पूर्ण तागत लगाउनमा कुनै कसर बाँकी नराखिने प्रतिनिधि सभा निर्वाचन परिचालन कमिटी संयोजक रुपनारायण श्रेष्ठले बताए ।

    kr.jpg

    २०७४ सालको निर्वाचनमा एउटा प्रदेशमा मात्र जित निकालेको एमालेले यसपटक भने सन्तुलित एवं जुझारु युवा नेता किरण पौडेल सहितको टिम मैदानमा उत्रिएकाले प्रदेश सहित संघमा पनि सानदार विजयी गराउने उदघोष श्रेष्ठले गरेका थिए । 

    एमालेले यस क्षेत्रमा संघमा किरण पौडेल तथा प्रदेश सभा 'क' र 'ख' का लागि क्रमशः राम प्रसाद अमगाईँ र गणेश प्रसाद दुलाललाई चुनावी मैदानमा उतारेको छ । 

    त्यस्तै, नेपाली कांग्रेसबाट २०७४ सालको निर्वाचनमा उत्रिएका तिनैजना पुरानै अनुहार क्रमशः प्रकाशमान सिंह, दिपेन्द्र श्रेष्ठ र सुरजचन्द्र लामिछाने यसपटकको निर्वाचनमा पनि प्रतिस्पर्धामा रहेका छन् । 

    dl.jpgrr.jpgum11.jpg

    २०७९, आश्विन २४ सोमवार०५:२२:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार