आज यी प्रदेशमा हुँदैछ भारी वर्षा

आज यी प्रदेशमा हुँदैछ भारी वर्षा

२०७९, आश्विन २५ मंगलवार

  • 697
    SHARES

  • आज यी प्रदेशमा हुँदैछ भारी वर्षा

    काठमाडौँ । हाल नेपालमा हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

    हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    यस्तै, राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।

    प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    २०७९, आश्विन २५ मंगलवार०८:०५:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार