काठमाडौं -१ ले देशको इपिसेन्टर महशुस गर्न पाएन किन ? - किरण पौडेल 

काठमाडौं -१ ले देशको इपिसेन्टर महशुस गर्न पाएन किन ? - किरण पौडेल 

२०७९, आश्विन २५ मंगलवार

  • 1.7K
    SHARES

  • काठमाडौं -१ ले देशको इपिसेन्टर महशुस गर्न पाएन किन ? - किरण पौडेल 

    काठमाडौं । राष्ट्रिय युवासंघ नेपालका अध्यक्ष तथा नेकपा एमाले काठमाडौं क्षेत्र नं १ प्रतिनिधिसभाका युवा उमेदवार किरण पौडेलले पुर्व उप-प्रधानमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंहलाई गम्भिर आरोप लगाएका छन् ।

    सोमवार काठमाडौंमा सम्पन्न निर्वाचन परिचालन भेलामा सम्बोधन गर्दै नेता पौडेलले देशकै प्रमूख अड्डा सिंहदरवार, संसद र न्यायालय राज्यका तिनैवटा प्रमूख अंग (इपिसेन्टर) यस क्षेत्रमा हुँदा पनि क्षेत्रका जनताले सो महशुस गर्न नपाएको बताएका हुन् ।

    १५ वर्ष सम्म निरन्तर सांसद हुँदा यो क्षेत्र ऐतिहासिक, सांस्कृतिक, रणनीतिक तथा अन्तरराष्ट्रिय महत्वको क्षेत्र हो भन्ने कुरा निवर्तमान सांसद तथा हालका नेपाली कांग्रेसका प्रस्तावित उमेदवार प्रकाशमान सिंहले पत्तै पाउन नसकेको पौडेलको आरोप छ ।

    "राष्ट्रियताको विषय गम्भिर मुद्धा भएर आउँदा क्षेत्रका जनतालाई साथमा लिएर आवाज उठाउने हो भने एकैपटक संसारले देख्ने स्थानको सांसद हुँदा पनि किन उठान गर्न सकिएन ?" पौडेलले प्रश्न गरेका छन् । "देशीविदेशीको चलखेल हुॅदा होस् या जनताका आवाज बोकेर कति पटक निवर्तमान सिंह संसदमा बोल्नु भयो ?", पौडेलले थपेका छन् । 

    आज नेता गणेशमान सिंह हुनुहुन्थ्यो भने १५ वर्ष सम्म जनताका पक्षमा काम गरेको देखाउन २ -३ वटा क्रियापुत्री भवन बनाएँ, एमाले सरकारमा हुँदा व्यक्तिले हडपेका सार्वजनिक जग्गा फिर्ता ल्याएकोमा मैले ल्याएँ भन्दै हिँड्दा पुग्यो बाबु तिमीलाई !, जति सक्यौ गर्यौ अब सन्यास लियौ भन्नुहुन्थ्यो भन्दै व्यंग्यात्मक टिप्पणी समेत पौडेलले गरे । 

    हामी सानो काम गर्छौं तर फरक ढंगले गर्छौं, जिवनस्तर सहज बनाउने, कला, शिक्षा, स्वास्थ्य, जस्ता विषयलाई फरक ढंगले सम्बोधन गर्छौं र अबको युग प्रविधिमैत्री युग भएकाले स्कुले कक्षा देखि नै रोवोटिक क्लास, व्लक चेन, क्रिप्टो र डिजिटल करेन्सी जस्ता विषयलाई अध्यापन गराउँदै क्षेत्रको पहिचान संसारभर दिने गरि काम गर्ने पौडेलले बताएका छन् । 

    २०७९, आश्विन २५ मंगलवार०९:२८:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार