निर्वाचनमा भाग लिन दर्ता भएका ८६ मध्ये ५७ दलले मात्र प्रत्यक्षतर्फ उम्मेदवारी दिए

निर्वाचनमा भाग लिन दर्ता भएका ८६ मध्ये ५७ दलले मात्र प्रत्यक्षतर्फ उम्मेदवारी दिए

२०७९, आश्विन २६ बुधवार

  • 921
    SHARES

  • निर्वाचनमा भाग लिन दर्ता भएका ८६ मध्ये ५७ दलले मात्र प्रत्यक्षतर्फ उम्मेदवारी दिए

    काठमाडौँ । मङ्सिर ४ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा ८६ दल दर्ता भए पनि ५७ दलले मात्र प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । 

    प्रतिनिधिसभातर्फ ५७ दलले उम्मेदवारी दिएको आयोगले जनाएको छ । प्रदेशसभातर्फ भने प्रत्येक प्रदेशमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने दलको सङ्ख्या फरक छ । 

    प्रदेश एकमा ३०, मधेशमा ३७, वाग्मतीमा ३२, गण्डकीमा २३, लुम्बिनीमा २५, कर्णालीमा १६ र सुदूरपश्चिममा २० दलले प्रदेशसभातर्फ प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । 

    आयोगमा दर्ता भएका दलको सङ्ख्या भने एक सय १६ रहेको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । दर्ता भएका सबै दलले आगामी निर्वाचनमा भाग नलिने पनि उनले बताए । विसं २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ ५५ दलले भाग लिएका थिए ।

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आगामी मङ्सिर ३ गते १८ वर्ष पूरा हुनेले मतदान गर्न पाउनेछन् । त्यसका लागि मतदातासँग परिचय पत्र हुन आवश्यक छ । 

    आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष पूरा हुनेसमेत एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० जनाले मतदान गर्न पाउने आयोगले जनाएको छ । जसमा ९१ लाख ४० हजार आठ सय ६ पुरुष, ८८ लाख ४७ हजार पाँच सय ७९ महिला र एक सय ८५ अन्य मतदाता रहेका छन् ।

    २०७९, आश्विन २६ बुधवार०१:५२:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार