आज कस्तो छ मौसम ?

आज कस्तो छ मौसम ?

२०७९, आश्विन २७ बिहिवार

  • 793
    SHARES

  • आज कस्तो छ मौसम ?

    काठमाडौँ । हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

    हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

    प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

    प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    २०७९, आश्विन २७ बिहिवार०७:४९:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार