तेहरान । इरानी राष्ट्रपति इब्राहिम रायसीले बिहीबार संयुक्त राज्य अमेरिकाले इस्लामिक गणतन्त्रविरुद्ध अस्थिरताको नीति अवलम्बन गरेको आरोप लगाएका छन् । यहाँ महसा अमिनीको मृत्युलाई लिएर विरोध प्रदर्शन भइरहेको छ ।
सैन्यकरण र प्रतिबन्धहरूमा अमेरिकाको असफलतापछि वाशिङटन र उसका सहयोगीहरूले अस्थिरताको असफल नीतिको सहारा लिएका रायसीले कजाकस्तानमा भएको शिखर सम्मेलनमा बताएका उनको कार्यालयले जानकारी दिएका छन् ।-एजेन्सी ।