प्रधानमन्त्रीद्वारा जसपाका चार मन्त्री पदमुक्त

प्रधानमन्त्रीद्वारा जसपाका चार मन्त्री पदमुक्त

२०७९, आश्विन २७ बिहिवार

  • 989
    SHARES

  • प्रधानमन्त्रीद्वारा जसपाका चार मन्त्री पदमुक्त

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का चार जना मन्त्रीलाई आज पदमुक्त गरेका छन् ।

    सत्ता गठबन्धनबाट बाहिरिएर पनि सरकार नछाडेपछि प्रधानमन्त्री देउवाले जसपाका चार जना मन्त्रीहरूलाई पदमुक्त गरेका हुन् ।

    प्रधानमन्त्री देउवाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई पदमुक्त गरि उनीहरूले सम्हालेको मन्त्रालयको जिम्मेवारी पनि आफैँले राखेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ  ।

    यस्तै, राष्ट्रपतिले सरकारको सिफारिसमा नेपालको संविधानको धारा ७८ बमोजिम २०७८ चैत २४ गते कानून न्याय तथा संसदीय मामिला मन्त्री पदमा नियुक्त भएका गोविन्दप्रसाद शर्मा (कोइराला) ले नेपालको संविधानको सोही धारा बमोजिम संघीय संसद्को सदस्यता प्राप्त गर्न नसकी निजको पदावधि सकिएकोले उनले सम्हाल्दै आएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ  ।

    123.jpg

     

    २०७९, आश्विन २७ बिहिवार०७:२४:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार