आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना 

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना 

२०७९, आश्विन २८ शुक्रवार

  • 673
    SHARES

  • आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना 

    काठमाडौँ । हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

    हाल प्रदेश १ लगाएत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यस्तै, आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    यसैगरी,राती प्रदेश १ मा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     

    २०७९, आश्विन २८ शुक्रवार०८:१५:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार