कस्तो छ आजको मौसम ?

कस्तो छ आजको मौसम ?

२०७९, आश्विन २९ शनिवार

  • 793
    SHARES

  • कस्तो छ आजको मौसम ?

    काठमाडौँ । हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

    शनिबार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

    २०७९, आश्विन २९ शनिवार०७:४९:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार