दक्षिण पश्चिम पाकिस्तानमा विस्फोटमा ३ जनाको मृत्यु, ४ घाइते

दक्षिण पश्चिम पाकिस्तानमा विस्फोटमा ३ जनाको मृत्यु, ४ घाइते

२०७९, आश्विन २९ शनिवार

  • 881
    SHARES

  • दक्षिण पश्चिम पाकिस्तानमा विस्फोटमा ३ जनाको मृत्यु, ४ घाइते

    इस्लामावाद । पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा शुक्रबार साँझ एउटा गाडीमा बम विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।

    मस्तुङ जिल्लाका डेपुटी कमिश्नर सुल्तान बुग्तीले जिल्लाको काबु क्षेत्रमा स्थानीय आदिवासी नेताको गाडीमा सडक किनारमा बम विष्फोट भएको सञ्चारमाध्यमलाई बताएका छन् ।

    अघिल्लो दिन अज्ञात बन्दुकधारीले गोली हानेर मारिएका व्यक्तिको शव सार्न जाने क्रममा गाडीमा आक्रमण भएको थियो । सुरक्षा बल र उद्धार टोली घटनास्थलमा पुगेर शव र घाइतेहरूलाई अस्पताल ल्याएका थिए।

     उक्त बम सडकको छेउमा राखिएको र रिमोट कन्ट्रोल यन्त्रबाट विस्फोट गराइएको अधिकारीले बताएका छन् ।

     अहिलेसम्म कुनै समूह वा व्यक्तिले आक्रमणको  जिम्मा लिएका छैनन्। एजेन्सी ।

    २०७९, आश्विन २९ शनिवार१२:१४:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार