काठमाडौं । प्राक्सिस इन्टरनेसनल एकडेमी ,चुच्चेपाटीको एकेडेमिक डाइरेक्टर शशिकला खड्का ग्लोबल एजुकेशन अवार्डद्धारा सम्मानित भएकी छिन् ।
विहिवार दुबईमा कलेज रिडर्सद्वारा आयोजित नेपाल एजुकेसन अवार्ड्स लामो समय देखि शिक्षा क्षेत्रमा योगदान दिएका महिला शिक्षाकर्मीलाई अन्तरराष्ट्रिय स्तरको अवार्ड ओमेन एजुकेशनल लिडरसिप अवार्डसले सम्मान गरिएको हो ।

खँडकाका साथै नेपालबाट प्रोग्रेसिभ इंग्लिश सेकेण्डरी स्कुल महांकालकी संस्थापक अध्यक्ष मिरा सिलवाल र कान्तिपुर एकेडेमीकी प्रिन्सिपल लक्ष्मी गुरुङ पनि उक्त विधाबाट सम्मानित भएका छन् ।
प्राक्सिस इन्टरनेशनल एकेडेमी र उसको मदर संस्था मनास्लु कलेजले छोटो समयमै लोभलाग्दो प्रगति गर्दै गएको शैक्षिक सूचकांकले बताउने गरेको छ ।

