पहाडी क्षेत्रमा आंशिक बदली रही अन्यमा आजको मौसम सफा रहने

पहाडी क्षेत्रमा आंशिक बदली रही अन्यमा आजको मौसम सफा रहने

२०७९, आश्विन ३१ सोमवार

  • 657
    SHARES

  • पहाडी क्षेत्रमा आंशिक बदली रही अन्यमा आजको मौसम सफा रहने

    काठमाडौँ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

    सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

    २०७९, आश्विन ३१ सोमवार०७:४२:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार