इंग्लिस क्लब लिभरपुलले सिटीमाथि कठिन जित निकालेको छ।
प्रिमियर लिगअन्तर्गत आइतबार भएको खेलमा लिभरपुलले सिटीलाई १-० ले पराजित गरेको हो।
लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलमा मोहम्मद सलाहले गरेको एकमात्र गोल लिभरपुलको जितको लागि पर्याप्त बन्यो।
उनले खेलको ७६औँ मिनेटमा गोल गरेका थिए।
५३औँ मिनेटमा सिटीका फिल फोडेनले गोल गरे पनि गोलले मान्यता पाएको थिएन।
८६ औँ मिनेटमा लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले रेड कार्ड प्राप्त गरी मैदान छाडेका थिए।
खेलमा जित निकालेसँगै लिभरपुलले ९ खेलमा १३ अंक जोडेको छ।
लिभरपुल तालिकाको आठौँ स्थानमा रहेको छ। पराजित सिटी १० खेलमा २३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। -एजेन्सी ।