शताब्दी पुरुष जोशीको निधनमा आज देशभर शोक बिदा

शताब्दी पुरुष जोशीको निधनमा आज देशभर शोक बिदा

२०७९, कार्तिक १ मंगलवार

  • 725
    SHARES

  • शताब्दी पुरुष जोशीको निधनमा आज देशभर शोक बिदा

    काठमाडौँ । सरकारले आज मंगलबार सार्वजनिक बिदा दिएको छ ।

    शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो ।

    उनको निधनको शोकमा आज देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने समेत निर्णय भएको गृहले जनाएको छ ।

    २०७९, कार्तिक १ मंगलवार०७:४२:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार