बेन्जिमाले जिते बालोन डि’ओर अवार्ड

बेन्जिमाले जिते बालोन डि’ओर अवार्ड

२०७९, कार्तिक १ मंगलवार

  • 953
    SHARES

  • बेन्जिमाले जिते बालोन डि’ओर अवार्ड

    काठमाडौं । रियल मड्रिडका फ्रान्सेली फुटबलर करिम बेन्जिमाले पहिलो पटक बालोन डि’ओर अवार्ड जितेका छन् ।

    गत सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका भेट्रान खेलाडी बेन्जिमाले ४४ खेलमा ४६ गोल गरेका थिए । उनी २००९ देखि रियल मड्रिडसँग आबद्ध छन् ।

    यो पटक बालोन डि’ओरका लागि शीर्ष तीनमा परेका मध्ये बार्यन म्युनिखका साडियो माने दोस्रो र म्यानचेष्टर सिटीका केभिन डिब्रुयेन तेस्रो स्थानमा रहे ।

    यो अवार्ड पछिल्लो १३ सिजनमा लिओनल मेस्सीले ७ र क्रिष्टियानो रोनाल्डोले ५ पटक जितेका छन् ।

    फ्रान्सको इतिहासमा जिनेदान जिदानपछि यो अवार्ड पाउने उनी अर्को फुटबलरका रुपमा दर्ज भएका छन् । जिदानले सन् १९९८ मा यो अवार्ड पाएका थिए । 

    २०७९, कार्तिक १ मंगलवार०८:५२:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार