महिला कुस्तीमा सबै स्वर्ण सेना र सुदूरपश्चिमलाई

महिला कुस्तीमा सबै स्वर्ण सेना र सुदूरपश्चिमलाई

२०७९, कार्तिक १ मंगलवार

  • 1.9K
    SHARES

  • महिला कुस्तीमा सबै स्वर्ण सेना र सुदूरपश्चिमलाई

    कावासोती । पूर्वी नवलपरासीमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिलातर्फ कुस्तीमा  सबै स्वर्ण पदक विभागीय टोली नेपाली सेना र सुदूर पश्चिम प्रदेशले हातपारेका छन् ।

    मङ्गलबार भएको प्रतिस्पर्धामा विभागीय टोली नेपाली नेपाली सेना र सुदूर पश्चिम प्रदेशले समान पाँच–पाँच  स्वर्ण पदक हात पारेका हुन् । 

    नेपाली सेनाका लागी ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ्ग, ६२ केजी तौल समूहमा सुशिला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जिते ।

    त्यसैगरी सुदूरपश्चिम प्रदेशका लागी ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५ केजी तौल समूहमा सङ्गिता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले श्रेष्ठले स्वर्ण पदक जितेका हुन् ।

    कुस्तीमा महिलातर्फ विभिन्न १० वटा तौल समूहका  खेलमा ५९  महिला खेलाडी सहभागी थिए । कावासोती–१६स्थित थारु राष्ट्रिय सङ्ग्रहालयको हलमा सञ्चालन भएको उक्त प्रतियोगितामा तीन विभागीय टोली सशस्त्र, आर्मी र पुलिसका साथै सात प्रदेशका दश टोलीको सहभागिता थियो ।

    २०७९, कार्तिक १ मंगलवार१२:४७:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार