दक्षिण कोरियामा ३३ हजार  दुई सय ४८ कोभिड १९ का नयाँ सङ्क्रमित

दक्षिण कोरियामा ३३ हजार  दुई सय ४८ कोभिड १९ का नयाँ सङ्क्रमित

२०७९, कार्तिक १ मंगलवार

  • 789
    SHARES

  • दक्षिण कोरियामा ३३ हजार  दुई सय ४८ कोभिड १९ का नयाँ सङ्क्रमित

    दक्षिण कोरियामा २४ घण्टा अघिको तुलनामा सोमबार मध्यरातसम्म ३३ हजार दुई सय ४८ कोभिड–१९ नयाँ सङ्क्रमित देखिएका छन् । हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या  २ करोड ५१ लाख ६४ हजार छ सय ९५ पुगेको स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् ।

    कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) का अनुसार अघिल्लो दिनको तुलनामा ११ हजार ४० ले बढेको थियो । एक हप्ताअघि १५ हजार ४ सय ६६ भन्दा बढी थियो ।

    गत हप्ताको  पुष्टि भएका केसहरूको दैनिक औसत सङ्ख्या २४ हजार दुई सय ३६ थियो । नयाँ केसहरू मध्ये, ८७ विदेशबाट आयात भएका छन् । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा एकले घटेर दुई सय ४७ पुगेको छ ।

    यस प्रकोपको कारण थप छ जनाको मृत्युको पुष्टि भएपछि कुल मृतकको सङ्ख्या २८ हजार आठ सय ५६ पुगेको जनाइएको छ ।  कुल मृत्यु दर ०.११ प्रतिशत रहेको बताइएको छ ।-एजेन्सी ।

    २०७९, कार्तिक १ मंगलवार०३:३३:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार