उपत्यका विशेष प्रदेश कमिटीद्धारा १२५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

उपत्यका विशेष प्रदेश कमिटीद्धारा १२५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

२०७९, कार्तिक १ मंगलवार

  • 1.7K
    SHARES

  • उपत्यका विशेष प्रदेश कमिटीद्धारा १२५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

    काठमाडौं । आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेश प्रतिनिधिसभा निर्वाचनका लागि राजधानीमा विशेष क्षेत्रमा संगठित पार्टी कमिटी नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । 

    सोमवार प्रदेशका अध्यक्ष प्रेम कुमार पराजुलीको अध्यक्षता तथा एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य, सहइन्चार्ज, एवं मजदुर विशेष जिल्ला कमिटीका इन्चार्ज तथा केन्द्रीय कमिटी सदस्य बिना श्रेष्ठ र केन्द्रीय लेखाआयोगका सदस्य प्रेमप्रसाद पराजुलीको उपस्थितिमामा बसेको बैठकले अध्यक्ष पराजुलीको संयोजकत्वमा १२५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

    उक्त निर्वाचन परिचालन कमिटीमा विशेष प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरु, मातहत चार वटा विशेष जिल्ला कमिटीहरुः (पेशागत, मजदुर, उद्योग व्यवसाय र युवा विद्यार्थी) का पदाधिकारी तथा सदस्यहरु, चारै वटा जिल्ला कमिटी मातहतका इलाका कमिटीका पदाधिकारी एवं सदस्यहरु रहने छन् ।

    त्यस्तै बैठकले विशेष प्रदेश कमिटीका पदाधिकारी, कार्यालय टिमका सदस्यहरु र जिल्ला कमिटीका अध्यक्षहरु रहेको सचिवालय समेत गठन गरेको कार्यालय सचिव कविन्द्र शेखर रिमालले बताएका छन् । 

    त्यसै गरि, बैठकले प्रतिनिधिसभा समानुपातिक तर्फ उम्मेदवार हुनुभएका प्रेमकुमार पराजुली, विदुर कार्की, कुलबहादुर आचार्य, प्रदेशसभा समानुपातिकतर्फ उम्मेदवार हुनुभएका उर्मिला सुनुवार, युवराज जिरेल बागमती, नरनाथ लुइटेल प्रदेश १ र प्रत्यक्षतर्फ उम्मेदवार हुनुभएका इन्जिनियर गजेन्द्र थपलिया धादिङलाई विजयको शुभकामना व्यक्त गरेको छ । 

    २०७९, कार्तिक १ मंगलवार०९:१८:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार