आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइने

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइने

२०७९, कार्तिक २ बुधवार

  • 1.2K
    SHARES

  • आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइने

    काठमाडौँ । आज र भोलि (कार्तिक २ र ३ गते) बालबालिकाहरूलाई जुकाको औषधि र भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ।

    यस्तै १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ  । 

    आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ।

    २०७९, कार्तिक २ बुधवार०७:३१:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार