पहाडी क्षेत्रमा पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना 

पहाडी क्षेत्रमा पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना 

२०७९, कार्तिक २ बुधवार

  • 673
    SHARES

  • पहाडी क्षेत्रमा पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना 

    काठमाडौँ । मनसुन बाहिरिएसँगै मुलुकका पश्चिमी पहाडी क्षेत्रमा पश्चिमी वायुको सामान्य प्रभाव परेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

    पहाडी भूभागका थोरै स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ ।

    राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    बिहीबार सुदूरपश्चिम, लुम्बिनी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको आकलन गरिएको छ भने बाँकी क्षेत्रमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    २०७९, कार्तिक २ बुधवार०७:४१:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार