दमक । मंगलवार दिउँसो गृहजिल्ला झापा आइपुगेका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।
झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा मंगलवार झापा आएका हुन् ।
उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरी रहनुभएको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताए ।
तीनदिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन ओली झापा आएका हुन् ।
अध्यक्ष ओलीलाई ज्वरो आएपछि पत्रकार सहित कार्यकर्ता भेटघाटका सबै कार्यक्रम स्थगित भएका छन् ।