बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

२०७९, कार्तिक ३ बिहिवार

  • 1.4K
    SHARES

  • बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

    काठमाडौँ । सरकारले बिहीबार पनि देशभरका बालबालिकालाई जुकाको औषधी र भिटामिन ‘ए’ खुवाउँदैछ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारदेखि ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गरेको हो।

    बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन मन्त्रालयले आग्रह गरेको छ।

    भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो।

    वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ।

    २०७९, कार्तिक ३ बिहिवार०७:२६:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार