आज देशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

आज देशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

२०७९, कार्तिक ३ बिहिवार

  • 949
    SHARES

  • आज देशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

    काठमाडौँ । देशका पश्चिमी क्षेत्रमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार मुलुकका केही प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ।

    आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार राति पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    शुक्रबार पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको हुनसक्ने महाशाखाले आंकलन गरेको छ।

    २०७९, कार्तिक ३ बिहिवार०७:३२:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार