भारतीय काङ्ग्रेसको नयाँ अध्यक्षमा खड्गे निर्वाचित

भारतीय काङ्ग्रेसको नयाँ अध्यक्षमा खड्गे निर्वाचित

२०७९, कार्तिक ३ बिहिवार

  • 969
    SHARES

  • भारतीय काङ्ग्रेसको नयाँ अध्यक्षमा खड्गे निर्वाचित

    नयाँ दिल्ली । भारतको विपक्षी दल, राष्ट्रिय काङ्ग्रेस पार्टी (आईएनसी) को अध्यक्षमा मल्लिकार्जुन खड़गे निर्वाचित भएका छन् । 

    आईएनसीले मल्लिकार्जुन खड़गेलाई पार्टीको अध्यक्षमा निर्वाचित गरेको पार्टीका नेता मधुसुदन मिस्त्रीले बुधबार जानकारी दिएका हुन् ।  

    निर्वाचन अधिकृत मिस्त्रीले सञ्चारकर्मीसँग भने, “कूल नौ हजार ३८५ मत खसेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा खड्गेलाई सात हजार ८९७ मत प्राप्त भएको छ । 

    उनीसँग अध्यक्षका लागि प्रतिस्पर्धा गरेका काङ्ग्रेस नेता शशि थरूरले एक हजार ७२ मत प्राप्त गरेका छन् । साथै, खसेको कूल मतमध्ये ४१६ मत बदर भएको छ ।”

    निर्वाचन अधिकृत मिस्त्रीले सञ्चारकर्मीसँग भने, “थरुरले हार स्वीकार गर्दै खड़गेको सफलताको कामना गरेका छन् । नेतृत्व चयनका लागि भएको निर्वाचनमा प्राप्त अत्यधिक बहुमतसँगै खड़गे २४ वर्षमा पहिलो पटक गैर–गान्धी परिवारबाट काङ्ग्रेसको नेतृत्वमा चयन भएका छन् ।  

    गान्धी परिवारले आफूलाई शीर्ष पदबाट अलग गरेको छ र मतदानमा कुनै पनि उम्मेदवारलाई समर्थन नगरेको बताइएको छ । -एजेन्सी ।

    २०७९, कार्तिक ३ बिहिवार०७:४०:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार