रूसले कब्जा गरेको युक्रेनी भूभागमा सैनिक शासन लागू : पुटिन

रूसले कब्जा गरेको युक्रेनी भूभागमा सैनिक शासन लागू : पुटिन

२०७९, कार्तिक ३ बिहिवार

  • 973
    SHARES

  • रूसले कब्जा गरेको युक्रेनी भूभागमा सैनिक शासन लागू : पुटिन

    मस्को। रूसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ लागू गरेको घोषणा गरेको छ ।

    रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार “मैले रूसी महासङ्घका ‘डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया’ गरी चार क्षेत्रमा ‘मार्शल ल’ लागू गर्ने आदेशमा हस्ताक्षर गरेको छु,” पुटिनले टेलिभिजनमार्फत प्रसारण भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा भन्नुभयो ।

    सम्बोधनपछि क्रेमलिनले एक निर्दैशन जारी गर्दै बिहीबार बिहानदेखि सैनिक शासन लागू हुने जनाएको छ ।

    मस्कोको कब्जामा रहेको क्षेत्रमा महिनौंदेखि युक्रेनी सेना अघि बढिरहेका बेला पुटिनको यो घोषणा आएको हो ।

    ७० वर्षीय रुसी नेताले भने, “कीभ सरकारले जनताको इच्छालाई मान्यता दिन अस्वीकार गरेको छ, वार्ताका लागि कुनै पनि प्रस्ताव अस्वीकार गरेको छ, गोली चलिरहेको छ, नागरिकको मृत्यु भइरहेको छ ।”

    उनले युक्रेनले ‘आतङ्कवादी तरिका’ प्रयोग गरेको आरोप लगाए । रूसी नेता पुटिनले भने “उनीहरूले हाम्रो भूमिमा विध्वंसकारी समूहहरू पठाउने गरेका छन् । मस्कोले क्रिमिया पुललाई लक्षित गरी भएको पहिलो घटनाबाहेकका अन्य आक्रमणहरूलाई विफल पारेको छ ।”

    रूसी कानुनअनुसार सैनिक कानुनले सेनाको सुदृढीकरण, कर्फ्यु, आवागमनको सीमा, सेन्सरसिप र विदेशी नागरिकको नजरबन्दको अनुमति दिन्छ । रूसी राष्ट्रपति पुटिनले भन्नुभयो, “हामी सुरक्षा सुनिश्चित गर्न र रूसको भविष्यको रक्षा गर्न धेरै जटिल ठूला कार्यहरू समाधान गर्न काम गरिरहेका छौं ।”एजेन्सी ।

    २०७९, कार्तिक ३ बिहिवार०८:५९:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार